बैंक तथा वित्तीय संस्थाका सम्पूर्ण शाखा खोल्न राष्ट्र बैंकको निर्देशन

 अर्थबुलेटिन संवाददाता   ७ असोज, २०७७



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका शाखा तथा काउन्टरहरु खोल्न निर्देशन दिएको छ । राष्ट्र बैंकले मंगलबारदेखि ३ दिनसम्म बैंक तथा वित्तीय संस्थाका सबै शाखा तथा काउन्टरहरु खोल्न निर्देशन दिएको हो ।

राष्ट्र बैंक तथा वित्तीय संस्था नियमन विभागले सोमबार एक सूचना जारी गर्दै मंगलबारदेखि बिहीबारसम्म बैंक तथा वित्तीय संस्थाका राजश्व संकलन हुने सबै शाखा तथा काउन्टरहरु खोल्न निर्देशन दिएको हो ।

राजश्व उठाउने म्याद सरकारले २५ गतेसम्म तोकेको भएकाले सबै शाखाहरु खोल्न निर्देशन दिइएको हो ।

राष्ट्र बैंकले सीमित शाखा मात्रै खोल्दा भिड अत्यधिक हुने भएकाले  सबै शाखाबाट सेवा प्रवाह गरेर सहज तरिकाले राजश्व तिर्ने व्यवस्था गर्ने सबै शाखा खोल्न निर्देशन दिएको जनाएको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation