मुस्कान होम अफ होपलाई सांग्रिला डेभलपमेन्ट बैंकद्वारा आर्थिक सहयोग

 अर्थबुलेटिन संवाददाता   ७ असोज, २०७७



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले ललितपुरको धोबिघाटस्थित मुस्कान होम अफ होपलाई २ लाख ५० हजार सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुस्कान होम अफ होपलाई सहयोग गरेको जानकारी दिएको छ ।

आफुहरुले गरेको सहयोगले मुस्कान होम अफ होममा आश्रित बौद्धिक तथा शारीरिक अपाङ्गता भएका व्यक्ति तथा बालबालिकाहरुका लागि निःशुल्क खाना, आवास तथा शिक्षामा सहयोग पुग्ने  विश्वास लिएको बैंकले जानकारी दिएको छ । बैंकको तर्फबाट नायव महाप्रबन्धक अपुर्व प्रसाद जोशीले मुस्कान होमका अध्यक्ष सुमती कर्माचार्यलाई चेक हस्तान्त्तरण गरेका थिए ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation