नेप्सेमा सामान्य अंकको वृद्धि

 अर्थबुलेटिन संवाददाता   ७ असोज, २०७७



काठमाडौं । साताको चौथो कारोवार दिन आज बुुधबार नेप्से बढेको छ । नेप्से आज नौ दशमलव ३७ अंकले बढेर १५ सय ५५ दशमलव ५२ अंकमा पुगेको छ भने सेन्सिटिभ पनि शुन्य दशमलव ९५ अंकले बढेर तीन सय आठ दशमलव ३४ अंकमा पुगेको छ ।

नेप्सेमा आज एक सय ९४ वटा कम्पनीहरुको ४१ हजार छ सय २० पटकको कारोवारमा ५८ लाख ६२ हजार छ सय १७ कित्ता सेयर खरिद बिक्री हुँदा कारोवार रकम एक अर्ब ७२ करोड ७८ लाख २१ हजार सात सय सात रुपैयाँ पुुगेको छ ।

१२ वटा समुहको कारोवार हुँदा होटल समुहको सुचक घटेर बाँकी समुहको सुचक बढेकाछन् । सो मध्ये वाणिज्य बैंक समुहको सुचक एक दशमलव ८७ अंकले बढेर १२ सय ४३ दशमलव ९७ अंकमा पुग्दा निर्जिवन बीमा समुहको सुचक ७४ दशमलव ७७ अंकले बढेर सात हजार नौ सय ८४ दशमलव ५० अंकमा पुगेको छ ।

यि बाहेक विकास बैंक, जलबिद्युुत, लघुुबित्त, जीवन बीमा, ट्रेडिङ, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन् ।

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको अरुण भ्याली हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा गुुहेश्वरी मर्चेन्ट फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा भने आज शिखर इन्स्योरेन्स कम्पनी परेको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation