बोलकवोलको माध्यमद्वारा ३० अर्ब रुपैयाँको निक्षेप उपकरण बिक्री गर्दे राष्ट्र बैंक

 अर्थबुलेटिन संवाददाता   ८ असोज, २०७७



काठमाडौं । नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँको निक्षेप उपकरण बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार बिहिबार अपरान्ह तीन बजेसम्ममा बोलकवोलको माध्यमद्वारा राष्ट्र बैंकले २८ दिने अवधिको निक्षेप उपकरण बिक्री गर्न लागेको हो । 

बिक्री गरिने उक्त उपकरणको सावाँ व्याज भुक्तानी मिती २०७७ कात्तिक छ गते तोकिएको छ । उपकरण खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाईनान्स कम्पनीले खरिद गर्न सक्नेछन् ।

खरिदकर्ताहरुले घटीमा एक करोड र बढीमा एक करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुुल आव्हान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न सक्नेछन् । खरिद गरिएको उपकरण राष्ट्र बैंक बाहेकका वाणिज्य बैंक, विकास बैंक र फाईनान्स कम्पनीहरुमा धितोकोरुपमा समेत राख्ने सकिने राष्ट्र बैंकले जानकारी दिएको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation