देशभर १ हजार ४९७ संक्रमित थपिए (विवरणसहित)

 अर्थबुलेटिन संवाददाता   ८ असोज, २०७७



काठमाडौँ- नेपालमा थप १ हजार ४९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै नेपालमा कोरोना संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको जनाएको छ ।

आज ४५७ जनाले कोरोनालाई जितेका छन् । योसँगै अहिलेसम्म कोरोना संक्रमण मुक्त हुनेको संखया ५० हजार ४११ पुगेको छ । आज थप १७ जनाको ज्यान गएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या ४५३ पुगेको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation