![अर्थ बुलेटिन](/Images/ArthaLogo.png)
![अर्थ बुलेटिन](/Images/ArthaBulletin.png)
२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं । आज नेप्से पाँच दशमलव ७४ अंकले बढेर १५ सय ६१ दशमलव २७ अंकमा पुगेको छ । सेन्सिटिभ पनि एक दशमलव २३ अंकले बढेर तीन सय नौ दशमलव ५७ अंकमा पुुगेको छ ।
एक सय ९३ कम्पनीहरुको ४५ हजा आठ सय ३४ पटकको कारोवारमा ८९ लाख ७१ हजार तीन सय तीन कित्ता सेयर खरिद बिक्री हुँदा कुुल कारोवार रकम दुुई अर्ब २३ करोड ३४ लाख ८९ हजार २४ रुपैयाँ पुुगेको छ ।
नेप्सेमा आज १२ वटा समुहको कारोवार हुँदा छ वटा समुहको सुचक घटेर छ वटा समुहको सुचक बढेकाछन् । ति मध्ये वाणिज्य बैंक समुहको सुचक शुन्य दशमलव ९७ अंकले बढेर १२ सय ४४ दशमलव ९० अंकमा पुुगेको छ भने जलबिद्युत, फाईनान्स, ट्रेडिङ, होटल र अन्य समुहको सुचक पनि बढेकाछन् ।
विकास बैंक समुहको सुचक भने आज एक दशमलव ६७ अंकले घटेर १८ सय ३२ दशमलव ३१ अंकमा पुगेको छ भने लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, उत्पादनमुुलक र सामुुहिक लगानी कोष समुहको सुचक घटेकाछन् ।
आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा अपी पावर लिमिटेड परेको छ भने बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा सिटिजन्स म्युुचअल फण्ड परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा भने पहिलो स्थानमा अरुण कावेली पावर लिमिटेड परेको छ ।