एन आईसी एशिया क्यापिटलले संस्थागत परामर्श सेवा सञ्चालन गर्दै

 अर्थबुलेटिन संवाददाता   ९ असोज, २०७७



काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले संस्थागत परामर्श सेवा सञ्चालन गर्ने भएको छ । कम्पनीले यसको लागि कोभिड १९ रिभाईवल स्ट्रयाटिजी नामक नयाँ सेवा सुरु गरेको हो ।

कम्पनीले संस्थागत परामर्श सेवा अन्तर्गत साना तथा मझौला   उद्यमीहरुलाई हाल विश्वव्यापीरुपमा फैलिरहेको कोभिड–१९ बाट पर्न गएको असरलाई न्युनीकरण गरि उनिहरुको व्यवसायलाई पुनरुद्धार गर्नको लागि कोभिड १९ रिभाईवल स्ट्रयाटिजी नामक नयाँ संस्थागत परामर्श सेवा सुरु गरेकोे हो । 

हाल कोभिड– १९ को विश्वव्यापी रुपमा फैलिएको महामारीको कारणले अधिकाशं व्यक्तिहरुको दैनिकीमा असर परेको अवस्थामा साना तथा मझौला उद्यमीहरुका लागि निकै असहज परिस्थिति सिर्जना भई व्यवसाय संचालन गर्न अप्ठ्यारो परेको देखिन्छ ।

यस्तो समस्यामा परेका उद्यमीहरुको पुनरुद्धार संस्थागत परामर्श सेवा मार्फत व्यवसायलाई नविनतम ढंगबाट चुस्त दुरुस्त गराई पूनःसंचालन गर्न सहयोग गर्ने प्रमुख उद्देश्यका साथ यस एन आई सी एशिया क्यापिटलले कोभिड १९ रिभाईवल स्ट्रयाटिजी नामक नयाँ संस्थागत परामर्श सेवा संचालन गरेको हो ।

यस संस्थागत परामर्श सेवा अन्तर्गत उत्पादित बस्तुको मुल्य निर्धारण, नगल लाभांस, व्यावसायीक योजना आदि रहेको कम्पनीले जनाएको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation