साउन महिनामा मात्रै ९२ अर्ब ७१ करोड रुपैंया रेमिट्यान्स भित्रियो

 अर्थबुलेटिन संवाददाता   ९ असोज, २०७७



काठमाडौं । साउन महिनामा रेमिटेयान्सको आप्रवाह  अत्यधिक देखिएको छ । जेठ महिनामा ९४ अर्ब ३ करोड र असारमा १ खर्ब १६ करोड रुपैंया भित्रिएको रेमिट्यान्सको आप्रवाह साउनमा पनि उस्तै देखिएको हो ।

साउन महिनामा मात्रै बैधानिक च्यानलबाट ९२ अर्ब ७१ करोड रुपैंया रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।  उक्त रकम  अघिल्लो वर्षको साउन महिनाको तुलनामा २३ प्रतिशत बढी हो ।

असार महिनामा भित्रिएको रेमिट्यान्स अघिल्लो वर्षको असार महिनाको तुलनामा १० प्रतिशत मात्रै बढी थियो । आर्थिक वर्षको अन्तिम महिना भएकोले असारमा रेमिट्यान्स आप्रवाह तुलनात्मक रुपमा धेरै हुने भए पनि साउन भने तुलनात्मक रुपमा कम रेमिट्यान्स आउँथ्यो ।

अघिल्लो वर्ष करिब ७५ अर्ब ४० करोड मात्रै नेपाल आएको थियो । सो वर्ष रेमिट्यान्स २ प्रतिशत मात्रैले बढेको थियो ।  डलरमा आएको रेमिट्यान्स यो महिनामा १४ प्रतिशतले बढेको छ ।
 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation