कामना सेवा विकास बैंकको संस्थागत परामर्शदातामा नबिल इन्भेष्टमेन्ट नियुक्त

 अर्थबुलेटिन संवाददाता   ९ असोज, २०७७



काठमाडौं । कामना सेवा विकास बैंकको संस्थागत परामर्शदाताको रुपमा नबिल इन्भेष्टमेण्ट बैकिंग नियुक्त भएको छ । सो सम्बन्धी दुई संस्थाबीच असोज ५ गते सम्झौता गरेका हुुन ।

सम्झौतामा कामनाका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रबिन बस्नेत तथा नबिल इन्भेष्टमेण्ट बैंकिंगको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत सबिर वादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

सम्झौताबाट कामना सेवा विकास बैंकले संस्थागत परामर्श सेवा सम्बन्धि सेवाहरु यस कम्पनीबाट प्राप्त गर्न सक्नेछ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation