एभरेष्ट बैंकका ग्राहकहरूलाई होटल एलफ्टमा विशेष छुट

 अर्थबुलेटिन संवाददाता   १० असोज, २०७७



काठमाडौं । एभरेष्ट बैंकले होटल एलफ्ट ठमेल सँग आफ्ना ग्राहकहरुलाई छुट प्रदान गर्नको लागि सहकार्य गरेको छ । होटल एलफ्ट ठमेल, काठमाडौं, एक पाँचतारे होटल हो जुन आफ्नो होटलको सुन्दर इन्टेरियर डिजाईनका साथै आफ्नो समृद्ध इतिहासको लागि प्रख्यात रहेको छ ।

यस सहकार्य अन्तर्गत एभरेष्ट बैंकका ग्राहकहरुले फुुड एण्ड बेभरेज र बेकरी सपमा होटेलले तोकेको स्ट्याण्डर्ड मुल्यमा १५ प्रतिशत छुट पाउनेछन् । हालको महामारीको स्थितिका कारण यो अफर टेक/अवे सेवामामात्र उपलब्ध रहेको छ र अवस्था सहज भए लगतै यो अफर होटेल सेवामा पनि उपलब्ध हुनेछ ।

यस सम्झौता अन्तर्गत एभरेष्ट बैंकका ग्राहकहरुले आफ्नो एटिएम वा क्रेडिट कार्ड देखाएमा यो छुट पाउनेछन् । बैंकले सधैं सर्भिस वीथ स्माईलको भावना बोकी आफ्नो ग्राहकहरुको फाइदा र सन्तुष्टिमा आफ्नो ध्यान केन्द्रित गर्दै आएको छ ।    

स्थापनाकालदेखि नै ग्राहकहरुको पहिलो रोजाइको बैंकमा हालसम्म ११ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् । बैंकलाई सर्वश्रेष्ठ व्यवस्थित वाणिज्य बैंक, २०१९ बाट पुरस्कृत गरिएको थियो ।

हालसम्म बैंकको ९५ शाखाहरु, ३१ राज्वस्व सङ्गकलन काउन्टरहरु र १२३ स्थानमा एटिएम रहेकाछन् । आफ्नोे फराकिलो विश्वव्यापी नेटवर्क र घरेलु नेटवर्क मार्फत बैंकले पेशेवर दक्ष बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation