नेप्सेमा चार अंकले वृद्धि

 अर्थबुलेटिन संवाददाता   ११ असोज, २०७७



काठमाडौं ।  आईतबार नेप्से सामान्य अंकले बढेको छ । नेप्से आज चार दशमलव २९ अंकले बढेर १५ सय ६५ दशमलव ५५ अंकमा पुुगेको छ भने सेन्सिटिभ पनि शुन्य दशमलव नौ अंकले बढेर तीन सय १० दशमलव ४७ अंकमा पुगेको छ ।

आज एक सय ९१ कम्पनीहरुको ४२ हजार एक सय आठ वटा कारोवारमा एक करोड ९९ लाख ७२ हजार तीन सय १२ कित्ता सेयर खरिद बिक्री हुँदा कारोवार रकम तीन अर्ब १३ करोड ८२ लाख ४३ हजार तीन सय ७१ रुपैयाँ पुुगेको छ । 

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा पाँच वटा समुहको सुचक बढेर सात वटा समुहको सुचक घटेकाछन् । सो मध्ये वाणिज्य बैंक समुहको सुचक १३ दसमलव ७४ अंंकले बढेर १२ सय ५८ दशमलव ६४ अंकमा पुुगेको छ भने विकास बैंक, फाईनान्स, होटल र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेको छ ।

जलबिद्युुत समुहको सुचक भने आज १३ दशमलव एक अंकले घटेर १२ सय ८३ दशमलव २९ अंकमा पुग्दा लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, उत्पादनमुुलक र अन्य समुहको सुचक पनि घटेकाछन् । 

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा बेष्ट फाईनान्स परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा युनिलिभर नेपाल लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा सोल्टी होटल लिमिटेड परेको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation