नेपाल फाईनान्सको २७ औं बार्षिक साधारण सभा सम्पन्न

 अर्थबुलेटिन संवाददाता   ११ असोज, २०७७



काठमाडौं । नेपाल फाईनान्सले बार्षिक साधारण सभा सम्पन्न गरेको छ । फाईनान्सले २० देखि २७ औं बार्षिक साधारण सभा कोभिड १९ जस्तो महामारीको बाबजुत सम्पूर्ण शेयरधनीहरुको भौतिक तथा अभौतिक (भच्र्युअल) माध्यमबाट असोज १० गते शनिवार संस्थाको केन्द्रिय कार्यालय कमलादी काठमाण्डौंमा सम्पन्न गरेको जानकारी दिएको छ ।

सञ्चालक समितीका अध्यक्ष समेत रहेका प्राध्यापक हिरेन्द्रमान प्रधान (जो राष्ट्रिय योजना आयोगको सदस्य समेत भएका), सञ्चालकहरु चन्द्रकुमार राई, दिप्रश शाक्य, राजन प्रजापती, श्रीमती रोजीना श्रेष्ठ, श्रीमती लक्ष्मी महर्जन तथा स्वतन्त्र संचालक आनन्द कृष्ण ताम्राकार लगायत आधारभुत शेयरधनीहरुको उपस्थितीमा सम्पन्न भएको फाईनान्सले जानकारी दिएको छ ।

सभाले संंस्थाको अधिकृत पूजी एक अर्ब र जारी तथा चुक्ता पूजी ८४ करोड दुुई लाख बनाउने निर्णय समेत गरेको छ । नेपाल राष्ट्र बैंकले ग बर्गका वित्तीय संस्थाको चुक्ता पूँजी ८० करोड पु¥याउन दिएको निर्देशन बमोजिम सो निर्णय गरेको हो । साथै साधारण सभाले यसका लागि आजैका मिति देखि सो प्रकृयालाई अगाडि बढाउने प्रस्तावलाई समेत पारित गरेको छ ।

बिसं २०४९ सालमा स्थापना भएको नीजि क्षेत्रको पहिलो फाइनान्स कम्पनीले स्थापनाकाल देखि हाल सम्म आफ्नै इतिहास वोकेको छ । यसको हाल सम्मको यात्रामा विभिन्न प्रकारका सफलताहरुका साथै कडा कठिनाईको चुनौतिहरुलाई सामाना गर्दै अघि वढिरहेको पनि फाईनान्सले जनाएको छ ।

संस्थालाई नयाँ ढंगले आफै संचालन गर्न सकिन्छ भन्ने अठोटका साथ केहि नयाँ शेयरधनीहरु समेतको सक्रियतामा फाईनान्सको चुक्ता पूँजी ८४ करोड दुुई लाख ६५ हजार पाँच ९४ रुपैयाँ पुर्याउन एक बराबर एक दशमलब सात पाँचको अनुपातमा हकप्रद शेयर जारी गर्ने बिशेष प्रस्ताव यसै साधारणसभाबाट पारित गरेको छ ।

संस्थाको २०७४ फागुन २९ गते सम्पन्न भएको बिशेष साधारण सभाको निर्णय बमोजिमको हाल कायम चुक्ता पूँजीको १ः१.२५ को दरले हकप्रद शेयर जारी गर्ने गरी प्रकृया थालिएकोमा सोको धितोपत्र बोर्डबाट स्वीकृत हुने अन्तिम चरणमा रहेको छ जस अन्र्तगत आधारभुत लगानीकर्ता तथा संचालकहरुबाट उक्त हकप्रद शेयर बापतको रकम कल्स इन एडभान्समा जम्मा भइसकेको फाईनान्सले जनाएको छ । 

हाल फाईनान्सको सुधार कार्यक्रम अन्तर्गत केहि अत्यावश्यक भौतिक सामाग्रीहरु परिवर्तनका साथै आन्तरिक व्यवस्थापनमा सवलिकरण गर्ने, संचालन जोखिमलाई न्यूनिकरण गर्ने उपायहरु समेत अवलम्वन गरिएको छ ।

अव आउने दिनहरुमा संस्थालाई आधुनिकिकरण गर्दै लैजाने रणनिति लिइएको छ । अवका दिनहरुमा संस्थाको सम्पतिको गुणस्तरमा वृद्धि गर्दै लैजाने योजना रहेको छ । यस संस्थाको व्यावसायिक सक्षमता अभिवृद्धि गर्नका लागि आधुनिक सूचना प्रविधिलाई अवलम्वन गर्दै लैजाने र संस्थाको कर्मठ तथा ईमान्दार कर्मचारीहरुलाई विभिन्न समयमा तालिम गोष्ठिको व्यवस्थापन गरी क्षमता अभिवृद्धि गरिदै लगिएको छ ।

फाईनान्सको प्रगति तथा संवृद्धिका लागि हामीले गरेका क्रियाकलापहरुमा समय–समयमा प्राप्त राय सुझावहरुलाई आत्मसाथ गर्दै यस संस्थासंग संवद्ध नियमनकारी निकायहरु, नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल सरकार, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, सि.डि एस एण्ड क्लियरीङ लि. शेयर रजिष्ट्रार, सम्पूर्ण सञ्चार जगत, अन्य संघ संस्थाहरु तथा विषेश गरी ग्राहकवर्ग प्रति हार्दिक आभार व्यक्त गर्दछु, फाईनान्सले भनेको छ ।  

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation