२३ माघ, २०८१ | 05 Feb, 2025
काठमाडौं । निजी ल्याबहरुले सरकारले सरकारले तोकेको कोरोना परीक्षण शुल्क भन्दा झण्डै आधा बढी शुल्क लिने लिने निर्णय गरेका छन् । आइतबार एक विज्ञप्तिमार्फत निजी ल्याब सञ्चालकहरूले कोरोना परीक्षण शुल्क ३८९९ रुपैयाँ लिने निर्णय गरेका हुन् ।
सरकार र निजी ल्याबबीचको असमझदारीले कसैको हित नगर्ने चुनौति दिँदै विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम निर्धारित शुल्क ३ हजार ८९९ नै यथार्थपरक रहेको उनीहरुको भनाइ छ ।
उनीहरुले शुल्कको विषयमा स्वास्थ्य मन्त्रालयसँग छलफल भइरहेको र उक्त छलफल सकारात्मक रहेको पनि बताएका छन् । सरकारले यसअघि कोरोना परीक्षण शुल्क रु २ हजार तोकेको थियो ।