२३ माघ, २०८१ | 05 Feb, 2025
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८१७ जना नयाँ संक्रमित थपिएका छन् ।
थपिएका नयाँ संक्रमित मध्येमा काठमाडौंमा ६४९ जना, ललितपुरमा १३२ जना र भक्तपुरमा ३६ जना रहेका छन् । आज देशभर थपिएको १ हजार ३५१ जना मध्येमा उपत्यकाको यो संख्या ६० दशमलव ४७ प्रतिशत रहेको छ ।
यो अवधिमा देशभरवाट १ हजार ३५१ जना नयाँ संक्रमित थपिएका छन् । यो अवधिमा कोरोनाका कारण ४ जनाको निधन भएको छ भने यसैगरी, कोरोनालाई जितेर ७४२ जना डिस्चार्ज भएका छन् ।
सोमवार (असोज १२ गते) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो को औपचारीक जानकारी गराएका हुन् ।
देशभरः
यो अवधिमा देशभर कुल १० हजार ८० जनाको स्वाब परिक्षण (पिसिअर टेस्ट) गर्दा १ हजार ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज थपिएका संक्रमितहरुमा ४३६ जना महिला र ९१५ जना पुरुष रहेका छन् । यो संगै देशभर कोरोना संक्रमित हुनेको संख्या ७४ हजार ७४५ जना पुगेको छ । हालसम्म देशभरवाट ९ लाख ९८ हजार ४०७ जनाको स्वाब परिक्षण (पिसिअर टेस्ट) भएको छ ।
हाल देशभरमा संक्रिय संक्रमित संख्या १९ हजार ६२४ जना रहेका छन् । हाल देशभर संस्थागत आइसोलेसनमा ८ हजार ६९५ जना र होम आइसोलेसनमा १० हजार ९२९ जना रहेका छन् ।
यसैगरी, क्वारेन्टिनमा ६ हजार ३१० जना रहेका छन् । प्रदेश १ मा ७१२ जना, प्रदेश २ मा २३६ जना, वाग्मती प्रदेशमा ५३१ जना, गण्डकी प्रदेशमा ६४१ जना, प्रदेश ५ मा १ हजार ४११ जना, कर्णाली प्रदेशमा ६७६ जना र सुदुर पश्चिम प्रदेशमा २ हजार १०३ जना रहेका छन् ।
कोरोनावाट ४८१ को मृत्युः
पछिल्लो २४ घण्टामा देशभरवाट २ जना महिला र २ पुरुष गरी कुल ४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । कोरोनाका कारण ज्यान गुमाउनेको यो संख्या ० दशमलव ६५ प्रतिशत रहेको छ । यो संगै कोरोनाका कारण हालसम्म ज्यान गुमाउनेको संख्या ४८१ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा ज्यान गुमाउने महिलाहरुमा सुनसरीको ३८ वर्षिय र भक्तपुरमा ५१ वर्षिय गरि १÷१ जना रहेकाछन् । यसैगरी, ज्यान गुमाउने पुरुषहरुमा वाँकेका ४७ वर्षिय र गुल्मीका ३४ वर्षि गरी १÷१ जना रहेकाछन् ।
कोरोना मुक्त संख्या ५४ हजार नाघ्योः
देशभरवाट पछिल्लो २४ घण्टाको अवधिमा ७४२ जना कोरोना मुक्त भएका छन् । यो संगै हालसम्म देशभरवाट कोरोना मुक्त हुनेहरुमा ५४ हजार ६४० पुगेको छ ।
हालसम्म कोरोना मुक्त हुनेहरुमा प्रदेश १ मा ५ हजार २६ जना, प्रदेश २ मा १३ हजार १७६ जना, वाग्मती प्रदेशमा १५ हजार २१५ जना, गण्डकी प्रदेशमा ३ हजार २८५ जना, प्रदेश ५ मा ८ हजार ४६७ जना, कर्णाली प्रदेशमा २ हजार ८५५ जना र सुदुर पश्चिम प्रदेशमा ६ हजार ६१६ जना रहेका छन् । कुल संक्रमितका आधारमा कोरोना मुक्त हुने यो संख्या ७३ दशमलव १ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
आइसियु र भेन्टिलेटरः
हाल देशभर आइसियूमा २२५ जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा १५ जना, प्रदेश २ मा २० जना, वाग्मती प्रदेशमा १२१ जना, गण्डकी प्रदेशमा ६ जना, प्रदेश ५ मा ४४ जना, कर्णाली प्रदेशमा १९ जना रहेका छन् भने सुदुर पश्चिम प्रदेशमा आइसियुमा उपचाररत विरामी नभएको मन्त्रालयले जनाएको छ ।
यसैगरी, हाल देशभर ३१ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । जसमा प्रदेश १ मा ३ जना, वाग्मती प्रदेशमा २६ जना, प्रदेश ५ मा २ जना रहेका छन् ।
५०० माथि र ० संक्रमित जिल्लाः
मन्त्रालयको पछिल्लो विवरण अनुसार ५०० भन्दा धेरै सक्रिय संक्रमितहरु रहेको जिल्लाको संख्या ७ वटा रहेको छ । ति जिल्लाहरुमा मोरङ, सिराहा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन र रुपन्देही रहेका छन् । यसैगरी, ० सक्रमित रहेका जिल्लाहरुमा मनाङ्ग, मुस्ताङ्ग, डोल्पा, मुगु र हुम्ला रहेका छन् ।