२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं । साताको दोस्रो कारोवार दिन सोमबार नेप्से घटेको छ । नेप्से आज चार दशमलव ७३ अंकले घटेर १५ सय ६० दशमलव ८३ अंकमा पुगेको छ भने सेन्सिटिभ पनि शुन्य दशमलव ८७ अंकले घटेर तीन सय नौ दशमलव ६० अंकमा पुुगेको छ ।
एक सय ९१ कम्पनीहरुको ३० हजार पाँच सय ९६ पटकको कारोवारमा ६९ लाख ९७ हजार चार सय २० कित्ता सेयर खरिद बिक्री हुँदा कारोवार रकम एक अर्ब ६९ करोड एक लाख ५४ हजार पाँच सय २५ रुपैयाँ पुुगेको छ ।
आज १२ वटा समुहको कारोवार भएकोमा विकास बैंक र फाईनान्स समुहको सुचक बढेकाछन् भने बाँकी १० वटा समुहको सुचक घटेकाछन् । सो मध्ये वाणिज्य बैंक समुहको सुचक चार दशमलव तीन अंकले घटेर १२ सय ५४ दशमलव ६१ अंकमा पुग्दा जलबिद्युुत समुहको सुचक दुुई दशमलव ९१ अंकले घटेर १२ सय ८० दशमलव ३८ अंकमा पुगेको छ ।
निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल, उत्पादनमुलुक, अन्य, लघुुबित्त र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन् ।
आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा नेपाल फाईनान्स परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा पाँचथर पावर कम्पनी परेको छ ।
यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा भने पहिलो स्थानमा हिमाल दोलखा हाईड्रो पावर कम्पनी पहिलो स्थानमा परेको छ ।