राष्ट्रपतिद्वारा एसिड आक्रमण गर्नेमाथि कडा सजायको अध्यादेश जारी २० वर्षसम्म कैद र १० लाख रुपैयाँसम्म जरिवाना

 अर्थबुलेटिन संवाददाता   १२ असोज, २०७७



काठमाडौं । तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७७ जारी भएको छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले एसिड आक्रमण गर्नेमाथि कडा कारबाहीको व्यवस्थासहित सरकारले ल्याएको अध्यादेश जारी गरेकी हुन् ।

 राष्ट्रपति कार्यालयले सोमबार जारी गरेको अध्यादेश नेपालको संविधानको धारा ११४ को उपधारा १ अनुसार भएको जनाएको छ । सरकारले अध्यादेशमार्फत कानून संशोधन गरी एसिड आक्रमण गर्नेमाथि २० वर्षसम्म कैद र १० लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गरेको हो ।

गएको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एसिड आक्रमण गर्नेमाथि सजाय बढाउने गरी अध्यादेश ल्याएको थियो ।

राष्ट्रपति भण्डारीले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७७ सँगै फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७७ र नेपाल प्रहरी र प्रदेश प्रहरी पहिलो संशोधन अध्यादेश २०७७ पनि जारी गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation