![अर्थ बुलेटिन](/Images/ArthaLogo.png)
![अर्थ बुलेटिन](/Images/ArthaBulletin.png)
२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौैं । साताको पहिलो दिन केहि बढेर उत्साहित देखिएको शेयर बजार सोमवार र मंगलवार निन्तर घटेको छ । आज ७ दशमलव २१ अंकले घटेर नेस्से परिसुचक १ हजार ५५३ दशमलव ६२ अंकमा रोकिएको छ ।
आज नेप्से परिसुचक ० दशमलव ४६ प्रतिशत तथा सेन्सेटिभ इन्डेक्स ० दशमलव ५८ प्रतिशतले घटेको छ । आज कुल ३३ हजार ९३३ पटक भएको कारोवारमा कुल ७३ लाख ५ हजार १११ कित्ता शेयर कारोवार हुदाँ कुल १ अर्व ८२ करोड ९८ लाख ७२ हजार ९६८ रुपैयाको खरिद÷विक्रि भएको छ ।
आज भएको कारोवार रकमले २ अर्ब पनि नाघ्न सकेको छैन । १२ समुहहरुको कारोवार भएकोमा आज हाइड्रो पावर, म्यानुफ्यक्चर र म्यूच्यूअल फण्डको समुहहरुको नेप्से परिसुचक बढेको छ । यि समुहहरु बाहेकका अन्व बाँकी ९ वटा समुहको परिसुचकहरु घटेका छन् ।
यसैगरी, आज सवैभन्दा धेरै कमाउनेमा जोशि हाइड्रोपावर तथा विकास कम्पनि लिमिडेडका शेयर सदस्यहरु रहेका छन् भने सवैभन्दा धेरै गुमाउनेहरुमा सपोर्ट माइक्रो फाइनान्स वित्तिय संस्था लिमिटेडका शेयर सदस्यहरु रहेका छन् ।