![अर्थ बुलेटिन](/Images/ArthaLogo.png)
![अर्थ बुलेटिन](/Images/ArthaBulletin.png)
२३ माघ, २०८१ | 05 Feb, 2025
काठमाडौं । देशभर संक्रिय संक्रमितको संख्या २० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा देशभर १ हजार ५१३ जना नयाँ संक्रमित थपिएका छन् भने कोरोनालाई जितेर ७३१ जना डिस्चार्ज भएका छन् ।
यो अवधिमा देशभर कुल १० हजार ८९१ जनाको स्वाब परिक्षण (पिसिअर टेस्ट) गर्दा १ हजार ५१३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै, हालसम्म देशभरवाट १० लाख ९ हजार २९८ जनाको स्वाब परिक्षण (पिसिअर टेस्ट) भएको छ ।
नयाँ थपिएका संक्रमितहरुमा ५५६ जना महिला र ९५७ जना पुरुष रहेका छन् । यो संगै देशभर कोरोना संक्रमित हुनेको संख्या ७६ हजार २५८ जना पुगेको छ ।
मंगलवार (असोज १३ गते) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो को औपचारीक जानकारी गराएका हुन् ।
हाल देशभरमा संक्रिय संक्रमित संख्या २० हजार ३९६ जना रहेका छन् । हाल देशभर संस्थागत आइसोलेसनमा ९ हजार ६८९ जना र होम आइसोलेसनमा १० हजार ७०७ जना रहेका छन् । यसैगरी, क्वारेन्टिनमा ५ हजार ७७८ जना रहेका छन् ।
उपत्यकामा ६२ प्रतिशत संक्रमितः
आज मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ७४७ जना, ललितपुरमा ११४ जना र भक्तपुरमा ७३ जना गरी उपत्यकामा कुल ९३४ जना रहेका छन् । आज देशभर थपिएको १५१३ जना मध्येमा उपत्यकाको यो संख्या ६१ दशमलव ७३ प्रतिशत रहेको छ ।
कोरोनावाट थप १० को निधनः
पछिल्लो २४ घण्टामा देशभरवाट ३ जना महिला र ७ पुरुष गरी कुल १० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । कोरोनाका कारण ज्यान गुमाउनको संख्या ० दशमलव ६४ प्रतिशत रहेको छ । यो संगै कोरोनाका कारण हालसम्म ज्यान गुमाउनेको संख्या ४९१ जना पुगेको छ ।
ज्यान गुमाउने महिलाहरुमा सर्लाही, काठमाडौं र वाँकेका क्रमश ७२, ५७ र ७६ वर्षका १/१ जना रहेका छन् भने कोरोनाका कारण ज्यान गुमाउने पुरुषहरुमा मोरङ, महोत्तरी र चितवनका क्रमक ६८, ५८ र ५५ वर्षका १/१ जना रहेका छन् । यसैगरी, काठमाडौं ६० र ७० वर्षका २ जना तथा वाँकेमा ५३ र ३९ वर्षका २ जना गरी कुल ७ रहेका छन् ।
कोरोना मुक्त हुनेको संख्या ५५ हजार नाघ्योः
देशभरवाट पछिल्लो २४ घण्टाको अवधिमा ७३१ जना कोरोना मुक्त भएका छन् । यो संगै हालसम्म देशभरवाट कोरोना मुक्त हुनेहरुमा ५५ हजार ३७१ पुगेको छ ।
हालसम्म कोरोना मुक्त हुनेहरुमा प्रदेश १ मा ५ हजार ७० जना, प्रदेश २ मा १३ हजार ५६३ जना, वाग्मती प्रदेशमा १५ हजार ३११ जना, गण्डकी प्रदेशमा ३ हजार २९३ जना, प्रदेश ५ मा ८ हजार ५७१ जना, कर्णाली प्रदेशमा २ हजार ८६५ जना र सुदुर पश्चिम प्रदेशमा ६ हजार ६९८ जना रहेका छन् । कुल संक्रमितका आधारमा कोरोना मुक्त हुने यो संख्या ७२ दशमलव ६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
आइसियु र भेन्टिलेटरः
हाल देशभर आइसियूमा २१३ जना रहेको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा १६ जना, प्रदेश २ मा १८ जना, वाग्मती प्रदेशमा ११० जना, गण्डकी प्रदेशमा ६ जना, प्रदेश ५ मा ४४ जना, कर्णाली प्रदेशमा १७ जना र सुदुर पश्चिम प्रदेशमा २ जना आइसियुमा उपचाररत विरामी नभएको मन्त्रालयले जनाएको छ ।
यसैगरी, हाल देशभर ३४ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । जसमा प्रदेश १ मा ५ जना, वाग्मती प्रदेशमा २६ जना, प्रदेश ५ मा २ जना र सुदुर पश्चिम प्रदेशमा १ जना रहेका छन् ।
५०० माथि र ० संक्रमित जिल्लाः
मन्त्रालयको पछिल्लो विवरण अनुसार ५०० भन्दा धेरै सक्रिय संक्रमितहरु रहेको जिल्लाको संख्या ७ वटा रहेको छ । ति जिल्लाहरुमा मोरङ, सिराहा, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन र रुपन्देही रहेका छन् । यसैगरी, ० सक्रमित रहेका जिल्लाहरुमा मनाङ्ग, मुस्ताङ्ग, डोल्पा, मुगु र हुम्ला रहेका छन् ।