उपत्यकामा कोरोना आक्रमक बन्दैस्वास्थ्यकर्मी, सुरक्षाकर्मी र वित्तिय संस्थाहरुमा संख्या वढ्दो

 अर्थबुलेटिन संवाददाता   १३ असोज, २०७७



काठमाडौं । काठमाडौंमा उपत्यकामा कोरोना संक्रमणको दर उल्लेख्य वृद्धि हुदै गएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभर थपिएका कुल संक्रमित मध्येमा करिव ६२ प्रतिशत उपत्यकाको भएको मन्त्रालयको विवरण देखाएको छ ।

आज मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ७४७ जना, ललितपुरमा ११४ जना र भक्तपुरमा ७३ जना गरी उपत्यकामा कुल ९३४ जना रहेका छन् । आज देशभर थपिएको १५१३ जना मध्येमा उपत्यकाको यो संख्या ६१ दशमलव ७३ प्रतिशत रहेको छ ।

काठमाडौं उपत्यकामा थपिएका संक्रमितहरु मध्येमा धेरैजसो स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र वित्तिय संस्थाहरुको अग्रपंक्तिमा कार्यरत कर्मचारीहरु रहेको मन्त्रालयले प्रष्टयाएको छ । यो संगै मन्त्रालयले सबैलाई सावधानि अपनाउन पनि अपिल गरेको छ ।

मंगलवार (असोज १३ गते) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो को औपचारीक जानकारी गराएका हुन् । 

देशभर १ हजार ५१३ नयाँ संक्रमितः

देशभर संक्रिय संक्रमितको संख्या २० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा देशभर १ हजार ५१३ जना नयाँ संक्रमित थपिएका छन् भने कोरोनालाई जितेर ७३१ जना डिस्चार्ज भएका छन् ।
यो अवधिमा देशभर कुल १० हजार ८९१ जनाको स्वाब परिक्षण (पिसिअर टेस्ट) गर्दा १ हजार ५१३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै, हालसम्म देशभरवाट १० लाख ९ हजार २९८ जनाको स्वाब परिक्षण (पिसिअर टेस्ट) भएको छ । 

नयाँ थपिएका संक्रमितहरुमा ५५६ जना महिला र ९५७ जना पुरुष रहेका छन् । यो संगै देशभर कोरोना संक्रमित हुनेको संख्या ७६ हजार २५८ जना पुगेको छ । हाल देशभरमा संक्रिय संक्रमित संख्या २० हजार ३९६ जना रहेका छन् । हाल देशभर संस्थागत आइसोलेसनमा ९ हजार ६८९ जना र होम आइसोलेसनमा १० हजार ७०७ जना रहेका छन् । यसैगरी, क्वारेन्टिनमा ५ हजार ७७८ जना रहेका छन् ।  

कोरोनावाट थप १० को निधनः

पछिल्लो २४ घण्टामा देशभरवाट ३ जना महिला र ७ पुरुष गरी कुल १० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । कोरोनाका कारण ज्यान गुमाउनको संख्या ० दशमलव ६४ प्रतिशत रहेको छ । यो संगै कोरोनाका कारण हालसम्म ज्यान गुमाउनेको संख्या ४९१ जना पुगेको छ । 

ज्यान गुमाउने महिलाहरुमा सर्लाही, काठमाडौं र वाँकेका क्रमश ७२, ५७ र ७६ वर्षका १/१ जना रहेका छन् भने कोरोनाका कारण ज्यान गुमाउने पुरुषहरुमा मोरङ, महोत्तरी र चितवनका क्रमक ६८, ५८ र ५५ वर्षका १/१ जना रहेका छन् । यसैगरी, काठमाडौं ६० र ७० वर्षका २ जना तथा वाँकेमा ५३ र ३९ वर्षका २ जना गरी कुल ७ रहेका छन् ।  

कोरोना मुक्त हुनेको संख्या ५५ हजार नाघ्योः 

देशभरवाट पछिल्लो २४ घण्टाको अवधिमा ७३१ जना कोरोना मुक्त भएका छन् । यो संगै हालसम्म देशभरवाट कोरोना मुक्त हुनेहरुमा ५५ हजार ३७१ पुगेको छ । हालसम्म कोरोना मुक्त हुनेहरुमा प्रदेश १ मा ५ हजार ७० जना, प्रदेश २ मा १३ हजार ५६३ जना, वाग्मती प्रदेशमा १५ हजार ३११ जना, गण्डकी प्रदेशमा ३ हजार २९३ जना, प्रदेश ५ मा ८ हजार ५७१ जना, कर्णाली प्रदेशमा २ हजार ८६५ जना र सुदुर पश्चिम प्रदेशमा ६ हजार ६९८ जना रहेका छन् । 

कुल संक्रमितका आधारमा कोरोना मुक्त हुने यो संख्या ७२ दशमलव ६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

आइसियु र भेन्टिलेटरः

हाल देशभर आइसियूमा २१३ जना रहेको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा १६ जना, प्रदेश २ मा १८ जना, वाग्मती प्रदेशमा ११० जना, गण्डकी प्रदेशमा ६ जना, प्रदेश ५ मा ४४ जना, कर्णाली प्रदेशमा १७ जना र सुदुर पश्चिम प्रदेशमा २ जना आइसियुमा उपचाररत विरामी नभएको मन्त्रालयले जनाएको छ । 

यसैगरी, हाल देशभर ३४ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । जसमा प्रदेश १ मा ५ जना, वाग्मती प्रदेशमा २६ जना, प्रदेश ५ मा २ जना र सुदुर पश्चिम प्रदेशमा १ जना रहेका छन् । 

५०० माथि र ० संक्रमित जिल्लाः

मन्त्रालयको पछिल्लो विवरण अनुसार ५०० भन्दा धेरै सक्रिय संक्रमितहरु रहेको जिल्लाको संख्या ७ वटा रहेको छ । ति जिल्लाहरुमा मोरङ, सिराहा, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन र रुपन्देही रहेका छन् । यसैगरी, ० सक्रमित रहेका जिल्लाहरुमा मनाङ्ग, मुस्ताङ्ग, डोल्पा, मुगु र हुम्ला रहेका छन् ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस





थप शिक्षा / स्वास्थ्य खबर

मध्य युगमा लाखाैंकाे ज्यान लिने ‘ब्लाक डेथ’ का संक्रमित चीनमा भेटिए

मध्य युगमा लाखाैंकाे ज्यान लिने ‘ब्लाक डेथ’ का संक्रमित चीनमा भेटिए


प्रगतिशिल शिक्षाका लागि विद्यालय रूपान्तरण विषयमा एकदिने सेमिनार सम्पन्न

प्रगतिशिल शिक्षाका लागि विद्यालय रूपान्तरण विषयमा एकदिने सेमिनार सम्पन्न


एसईईको नतिजा सार्वजनिक गर्ने निर्णय

एसईईको नतिजा सार्वजनिक गर्ने निर्णय

विद्यार्थी बाहिरिने परिस्थिति रोक्न विश्वविद्यालयहरू गम्भीर हुनुपर्छ : प्रधानमन्त्री

विद्यार्थी बाहिरिने परिस्थिति रोक्न विश्वविद्यालयहरू गम्भीर हुनुपर्छ : प्रधानमन्त्री


जनसंख्या विषयलाई थप व्यवहारिक बनाउदै त्रिवि

जनसंख्या विषयलाई थप व्यवहारिक बनाउदै त्रिवि


नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट संक्रमणकाे पुष्टि

नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट संक्रमणकाे पुष्टि


आजको मौसमः प्रदेश १ को हिमाली भु–भागमा हिउँ पर्ने

आजको मौसमः प्रदेश १ को हिमाली भु–भागमा हिउँ पर्ने


डा. सन्दूकसँगको भेटमा प्रधानमन्त्रीले जनाए तिलगङ्गालाई मानिक विश्वविद्यालय बनाउने प्रतिवद्धता

डा. सन्दूकसँगको भेटमा प्रधानमन्त्रीले जनाए तिलगङ्गालाई मानिक विश्वविद्यालय बनाउने प्रतिवद्धता


वर्षमान पुन अस्पतालबाट डिस्चार्ज

वर्षमान पुन अस्पतालबाट डिस्चार्ज



विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation