अशोक लेलैण्ड र एनएमबि बैंकबीच सम्झौतामा हस्ताक्षर

 अर्थबुलेटिन संवाददाता   १४ असोज, २०७७



काठमाडौं । आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. द्वारा प्रवद्र्धित अशोक लेलैण्ड र एनएमबि बैंकले सम्झौता गरेकाछन । सम्झौतामा आईएमई मोटर्सको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराई र बैंकको तर्फबाट चिफ विजनेस अफिसर सुदेश उपाध्यायले हस्ताक्षर गरेका हुुन् ।

सम्झौता अनुसार आईएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले एनएमबि बैंकबाट योग्य व्यक्ति तथा संस्थाहरुलाई परिपत्र तथा सहुलियतपूर्ण कर्जाहरु लगानी गर्न साथै ब्याज अनुदान दिईनेछ ।

यसै अनुरुप बैंकको नीति अनुसार ग्राहकहरुलाई भारतीय कम्पनी अशोक लेलैण्डद्वारा निर्मित र आईएमई मोटर्सद्वारा बिक्रि वितरण गरिएका डोस्त मोडेलका सम्पूर्ण सवारी साधन खरिद गर्नका लागि बिना धितो कम्तिमा खरिद मूल्यको ६० (साठी) प्रतिसत सम्मको सहुलियत पूर्ण कर्जा उपलब्ध गर्ने सुविधा प्राप्त भएको छ ।

यो सुविधा अनुसार अशोक लेलैण्डद्वारा निर्मित र आईएमई मोटर्सद्वारा बिक्रि वितरण गरिएका अन्य सवारी साधनमा पनि बैंकको नीति नियम भित्र रही कर्जा प्रवाह गर्ने भएको छ ।

यो सुविधाले आगामी दिनमा ग्राहकहरुलाई कर्जा सुविधा प्राप्त गर्न निकै सजिलो हुने दुबै कम्पनीका प्रमुखहरुले बताए । कर्जा सुविधा मात्र नभई दुवै कंपनीबिच संयुक्त रुममा व्राण्ड अवारनेसका लागि विभिन्न कार्यक्रमहरुमा सहभागिता भई अघि बढ्ने कुरामा पनि सम्झौता भएको छ ।

एलसिभी सेगमेन्ट अन्तर्गत डोस्ट मोडेलका सवारी साधनहरु विभिन्न एप्लिकेशन जस्तै दूध, पानी, तरकारी, रेफ्रिजरेसन, फोहर तथा महिला संकलन, एम्बुलेन्स, मोर्टर्युरी भ्यान साथै अन्य व्यवसायमा प्रयोग हुँदै आएको छ ।

रेमिटेन्स व्यवसायबाट उदाएको आइएमई ग्रुप सन् २००१ मा स्थापना भएको हो  । रेमिटेन्स, बैंकिङ्ग इन्स्योरेन्स, अटोमोबाइल्स, इनर्जी, ट्राभल–टुर्स, पर्यटन, सूचना प्रविधि, उर्जा लगायतको विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने कार्यमा आइएमई ग्रुप निरन्तर लाग्दै आएको कम्पनीले जनाएको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation