बुधबार १ हजार ५५९ जनामा काेराेना पुष्टि १ हजार ५७ जना डिस्चार्ज

 अर्थबुलेटिन संवाददाता   १४ असोज, २०७७



काठमाण्डाै ।  नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ७७ हजार आठ सय १७ पुगेकाे छ । गएको २४ घण्टामा एक हजार पाँच सय ५९ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लाे २४ घण्टामा १२ हजार दुई सय पाँच जनाकाे नमुना परीक्षण गर्दा एक हजार पाँच सय ५९ जनामा सङ्क्रमण देखिएकाे हाे । त्यस्तै गएकाे २४ घण्टामा एक हजार ५७ जना जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ५६ हजार चार सय २८ पुगेको छ ।  

 नेपालमा २० हजार आठ सय ९१ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै पाँच हजार चार सय २८ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा सात जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या चार सय ९८ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation