तीन अंकले घट्यो नेप्से

 अर्थबुलेटिन संवाददाता   १४ असोज, २०७७



काठमाडौं । नेप्सेमा सामान्य अंकले गिरावट आएको छ । नेप्से आज तीन दशमलव १९ अंकले घटेर १५ सय ५० दशमलव ४३ अंकमा पुुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ६४ अंकले घटेर तीन सय आठ सय सात दशमलव १७ अंकमा पुुगेको छ ।

नेप्सेमा आज एक सय ९० कम्पनीहरुको ३६ हजार दुुई सय ८२ पटकको कारोवारमा ८० लाख १९ हजार छ सय ६१ कित्ता सेयर खरिद बिक्री हुँदा कारोवार रकम एक अर्ब ९५ करोड ३६ लाख ३६ हजार छ सय ९४ रुपैयाँ पुुगेको छ ।

आज १२ वटा समुहको कारोवार हुंदा चार वटा समुहको सुचक बढेर बाँकी समुहको सुचक घटेकाछन् । सो मध्ये वाणिज्य बैंक समुहको सुचक चार दशमलव १७ अंकले घटेर १२ सय ३९ दशमलव ६१ अंकमा पुगेको छ भने निर्जिवन बीमा, लघुुबित्त, जीवन बीमा, ट्रेडिङ, होटल, उत्पादनमुुलक र अन्य समुहको सुचक पनि घटेकाछन् ।

विकास बैंक, जलबिद्युुत, फाईनान्स र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन् ।  आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा कामना सेवा बिवकास बैंक परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा नेपाल फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज नेपाल पुर्नबीमा कम्पनी पहिलो स्थानमा परेको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation