बिहीबार थपिए १ हजार ९११ सङ्क्रमित, ९६१ जना डिस्चार्ज

 अर्थबुलेटिन संवाददाता   १५ असोज, २०७७



काठमाण्डाै । नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ७९ हजार सात सय २८ पुगेकाे छ । गएको २४ घण्टामा एक हजार नाै सय ११ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लाे २४ घण्टामा १२ हजार चार सय ४४ जनाकाे नमुना परीक्षण गर्दा एक हजार नाै सय ११ जनामा सङ्क्रमण देखिएकाे हाे । त्यस्तै गएकाे २४ घण्टामा नाै सय ६१ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ५७ हजार तीन सय ८९ पुगेको छ ।  

अब नेपालमा २१ हजार आठ सय ३० जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै पाँच हजार ७७ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा ११ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या पाँच सय नाै पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation