लगातार घटेको नेप्सेमा अन्तिम कारोवार दिन उच्च वृद्धि

 अर्थबुलेटिन संवाददाता   १५ असोज, २०७७



काठमाडौं । लगातार घटेको नेप्से साताको अन्तिम कारोवार दिन बिहिबार भने बढेको छ । नेप्से आज २० दशमलव ६१ अंकले बढेर १५ सय ७१ दशमलव चार अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि दुुई दशमलव ९८ अंकले बढेर तीन सय १० दशमलव १५ अंकमा पुुगेको छ ।

नेप्सेमा आज एक सय ९३ कम्पनीहरुको ४७ हजार ३२ पटकको कारोवारमा ९९ लाख ३० हजार आठ सय ३० कित्ता सेयर खरिद बिक्री हुँदा कारोवार रकम दुुई अर्ब ८० करोड ७७ लाख आठ हजार एक सय ३७ रुपैयाँ पुुगेको छ । 

आज १२ वटा समुहको कारोवार भएकोमा जलबिद्युुत र सामुुहिक लगानी कोष समुहको सुचक सामान्य अंकले घटेर बाँकी १० वटा समुहको सुचक बढेकाछन् ।

ति मध्ये वाणिज्य बैंक समुहको सुचक १८ दशमलव ८६ अंकले बढेर १२ सय ५८ दशमलव ४८ अंकमा पुग्दा निर्जिवन बीमा समुहको सुचक पनि तीन सय ३२ दशमलव ४१ अंकले बढेर आठ हजार ४४ दशमलव चार अंकमा पुगेको छ । यि बाहेक विकास बैक, जीवन बीमा, लघुुबित्त, ट्रेडिङ, होटल, फाईनान्स, उत्पादनमुलक र अन्य समुहको सुचक पनि बढेकाछन् ।

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा सिर्नर्जी पावर डेभलपेन्ट कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा माउन्टेन हाईड्रो पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा भने पहिलो स्थानमा बैंक अफ कठमाडौ नेपाल लिमिटेड परेको छ ।  

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation