सिद्धार्थ बैंकले ३ अर्ब रुपैयाँको ३० लाख कित्ता ऋणपत्र निष्काशन खुला गर्ने

 अर्थबुलेटिन संवाददाता   १५ असोज, २०७७



काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले यही असोज १६ गतेदेखि ३ अर्ब रुपैयाँको ३० लाख कित्ता ऋणपत्र निष्काशन खुला गर्ने भएको छ । बैंकले प्रतिकित्ता एक हजार रुपैयाँको दरले ३० लाख कित्ता ८.५० प्रतिशत एस.बि.एल. डिबेन्चर २०८४ बिक्री खुला गर्न लागेको हो । यसमा लगानीकर्ताले वार्षिक ८.५० प्रतिशत ब्याजदर पाउन सक्नेछन् ।

बैंकले ३० लाख कित्ता ऋणपत्र मध्ये १२ लाखकित्ता सर्वसाधारण लगानीकर्तालाई र १८ लाख कित्ता विभिन्न संघसंस्थालाई बिक्री गर्ने छ । उक्त ऋणपत्रमा न्यूनतम आवेदन २५ कित्तादेखि अधिकतम आवेदन सम्पूर्ण कित्ता रहेको छ ।

लगानीकर्ताहरुले यस ऋणपत्र नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सि(आस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन ।

यसको निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । यो ऋणपत्रलाई इक्रा नेपाल लिमिटेडले पर्याप्तमात्रामा सुरक्षा जनाउने रेटिङ्ग दिएको छ । ऋणपत्र निष्काशन बन्द हुने मिति छिटोमा २०७७ असोज २० गते र ढिलोमा असोज ३० गते रहेको छ ।
 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation