२४ घण्टामा अहिलेसम्मकै धेरै २ हजार ७२२ संक्रमित थपिए, कहाँ कति (विवरणसहित)

 अर्थबुलेटिन संवाददाता   १६ असोज, २०७७



काठमाण्डाै । नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ८२ हजार चार सय ५० पुगेकाे छ । गएको २४ घण्टामा २७ सय २२ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लाे २४ घण्टामा १४ हजार सात सय २२ जनाकाे नमुना परीक्षण गर्दा २७ सय २२ जनामा सङ्क्रमण देखिएकाे हाे । त्यस्तै गएकाे २४ घण्टामा ३३ सय सात जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ६० हजार ६ सय ९६ पुगेको छ । 

आज डिस्चार्ज भएका र सङ्क्रमण पुष्टि भएकाकाे सङ्ख्या अहिलेसम्मकै धेरै हाे ।अब नेपालमा २१ हजार दुई सय ३४ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै चार हजार आठ सय ८५ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ । 

यस्तै गएको २४ घण्टामा ११ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या पाँच सय २० पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation