

८ बैशाख, २०८२ | 21 Apr, 2025
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार २० अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दैछ । आज अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल जारी गर्न लागेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाईनान्स कम्पनीहरुले भाग लिन पाउनेछन । बिक्री गरिने ट्रेजरी मध्येमा ९१ दिने अवधिको १० करोड र एक सय ८२ दिने अवधिको २० अर्ब रुपैयाँ रहेको छ ।
सो मध्ये ९१ दिने ट्रेजरीको परिपक्व हुुने अवधि २०७७ पुुस २१ गते र एक सय ८२ दिने ट्रेजरीको परिपक्व हुुने अवधि बिसं २०७७ चैत्र १४ गते तोकिएको छ । राष्ट्र बैकका अनुसार यसअघि यही असोज १२ गते पनि राष्ट्र बैंकले तीन अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिक्री बिल बिक्री गरिएको थियो ।