मुक्तिनाथ विकास बैंकद्धारा धनगढी बसपार्कलाई शुद्ध पिउने पानी ट्याङकी प्रदान

 अर्थबुलेटिन संवाददाता   १९ असोज, २०७७



काठमाडौं । मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत धनगढी उप–महानगरपालिकाको बसपार्कमा शुद्ध पिउने पानी ट्याङकी हस्तान्तरण गरेको छ । उक्त शुद्ध पिउने पानी ट्याङकी बैंकको धनगढी शाखाका प्रमुख मेश जोशीले धनगढी उप–महानगरपालिका वडा नं ४ का अध्यक्षश्री दिपक थापालाई हस्तान्तरण गरेका हुुन् ।

उक्त हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि थापाले मुक्तिनाथ विकास बैंक नाफामा मात्र केन्द्रित नभई सामाजिक कार्यहरुमा समेत सहभागी भई गरेको विभिन्न सामाजिक कार्यको प्रशंसा गरेका थिए । धनगढी उप–महानगरपालिकाको बसपार्क सुदुर पश्चिम कै केन्द्रविन्दु रहेकोले यात्रुको आवतजावत धेरै हुने भएकोले यात्रुको सहजताको लागि शुद्ध पिउने पानी ट्याङकीको निर्माण गरिएको हो ।

बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ । साथै, कोरोनाको संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ्ग कारोबार प्रोत्साहन गर्न बैंकको ग्राहकले भिसा नेटवर्क अन्र्तगत जुन सुकै बैंकको एटिएमबाट विनाकुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको समेत बैंकले जनाएको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation