![अर्थ बुलेटिन](/Images/ArthaLogo.png)
![अर्थ बुलेटिन](/Images/ArthaBulletin.png)
२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं । आज बुुधबार नेप्से १४ दशमलव ६८ अंकले बढेर १६ सय दशमलव ९७ अंकमा पुुगेको छ । यसैगरी सेन्सिटिभ पनि तीन दशमलव १७ अंकले बढेर तीन सय १६ दशमलव ३९ अंकमा पुुगेको छ । आज एक सय ९४ कम्पनीहरुको ४५ हजार तीन सय ४६ पटकको कारोवारमा एक करोड २५ लाख ३१ हजार दुुई सय ३९ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम तीन अर्ब ३० करोड ३० लाख ३३ हजार पाँच सय दुुई रुपैयाँ पुुगेको छ ।
आज १२ वटा समुहको कारोवार भएकोमा उत्पादनमुलक र अन्य समुहको सुचक घटेर बाँकी समुहको सुचक बढेकाछन् । सो मध्ये वाणिज्य बैंक समुहको सचुक पाँच दशमलव ५३ अंकले बढेर १२ सय ७५ दशमलव २२ अंकमा चढेकोमा निर्जिवन बीमा समुहको सुचक ७६ दशमलव आठ अंकले बढेर सात हजार नौ सय ७१ दशमलव ९९ अंकमा पुुगेको छ ।
यि बाहेक विकास बैंक, जलबिद्युुत, जीवन बीमा, ट्रेडिङ, होटल, फाईनान्स, अन्य र सामुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन् ।
आज बढी कमाउने कम्पनीको सुचीमा नेशनल हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा लक्ष्मी ईक्विटी फण्ड परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा अरुण कावेली पावर लिमिटेड परेको छ ।