होटेल भिवान्तामा एनएमबि बैंकका ग्राहकलाई विशेष छुट

 अर्थबुलेटिन संवाददाता   २३ असोज, २०७७



काठमाडौं ।
एनएमबि बैंक र होटेल भिवान्ताविच एनएमबि बैंकका ग्राहकहरुले होटेल भिवान्ताको प्राङ्गणमा रहेको मिन्ट र आकृती रेष्टुरेन्टबाट खाना र हल्का पेय पदार्थहरूको खरिदमा १५ प्रतिशत छुट प्राप्त गर्ने विषयमा द्विपक्षिय समझदारीमा हस्ताक्षर गरिएको छ ।

समझदारीपत्रमा एनएमबि बैंककातर्फबाट प्रमुख–रिटेल बैंकिङ्ग रोशन रेग्मी र होटेल भिवान्ताका तर्फबाट सहायक बिक्री प्रबन्धक श्रीमती इंदिना राईले हस्ताक्षर गरेकाछन । बैंकले हाल एक सय ८६ शाखाहरु, छ वटा विस्तारित काउन्टरहरु र एक सय ३५ एटीएमहरुको मजबुत सञ्जालमार्फत ग्राहकहरुलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation