२०७१ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा १४१६ जना

 अर्थबुलेटिन संवाददाता   २५ असोज, २०७७



काठमाडौं । पछिल्लो २४ घण्टामा थप २०७१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ४२७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण देखिएको हो ।

थपिएका संक्रमितमध्ये १ हजार ४१६ काठमाडौं उपत्यकाका छन् । यससँगै कुल संक्रमितको संख्या १ लाख ७ हजार ७५५ पुगेको छ । उनीहरुमध्ये ६३६ जनाको मृत्यु भएको छ भने ७५ हजार ८०४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १५५२ जना संक्रमणमुक्त भएका हुन् । देशभर ३१ हजार ३१५ संक्रिय संक्रमित छन् ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation