

८ बैशाख, २०८२ | 21 Apr, 2025
काठमाडौं । नेपाल राष्ट्र बैंकले यसपालिको दशैँमा बजारमा खुद्रा नयाँ नोट नआउने जनाएको छ । आइतबार राष्ट्र बैंकले एक सूचना जारी गर्दै यस वर्षको दशैँमा नयाँ नोट नआउने जनाएको हो ।
राष्ट्र बैंकले जारी गरेको सूचनामा कुनै पनि कार्यालय र बैंकहरुमार्फत समेत नयाँ नोट सटही नगरिने उल्लेख छ ।
राष्ट्र बैंकले कोरोना महामारीको जोखिमलाई ध्यानमा राख्दै भीडभाड हुनसक्ने र संक्रमण फैलन सक्ने स्थितिलाई ध्यानमा नयाँ नोट सटही नगर्ने भएको जनाएको छ ।