२३ माघ, २०८१ | 05 Feb, 2025
काठमाण्डाै। नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या एक लाख ११ हजार आठ सय दुई पुगेकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार साेमबार चार हजार ४७ जनामा सङ्क्रमण पुष्टि भएकाे हाे ।
पछिल्लाे २४ घण्टामा १४ हजार पाँच सय ३० जनाकाे नमुना परीक्षण गरिएकाे मन्त्रालयले जनाएकाे छ । त्यस्तै गएकाे २४ घण्टामा एक हजार चार सय ७३ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ७७ हजार दुई सय ७७ पुगेको छ ।
अब नेपालमा ३३ हजार आठ सय ८० जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै चार हजार आठ सय ३१ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा नाै जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६ सय ४५ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।