सस्तो डिलमा सामान किन्दा सानिमा बैंकका ग्राहकलाई विशेष छुट

    २७ असोज, २०७७



काठमाडौं । नेपालीहरुको महान चाड वडा दशैंंको अवसरमा सानिमा बैंकले ग्राहकहरुका लागि विभिन्न छुटका योजनाहरु ल्याउने क्रममा “बिग डिल एट सस्तो डिल” योजना सार्वजनिक गरेको जानकारी दिएको छ ।

अनलाइन सपिङ्ग पोर्टल सस्तो डिलसँगको सहकार्यमा संचालित यस योजनामा बैंकको मोबाइल बैंकिङ्ग एप, सानिमा सजिलो ई–बैंकिङ्ग प्रयोगकर्ताले क्यु आर कोड स्क्यान मार्फत् भुक्तानी गर्दा २५ प्रतिशत छुट वा अधिकतम् दुई हजार पाँच सय रुपैयाँसम्म क्यास ब्याक प्राप्त गर्न सक्नेछन ।

योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई फष्र्ट कम फष्र्ट सर्भ को आधारमा छुट प्रदान गरिने बैकले जानकारी दिएको छ । यो योजना २७ आश्विन देखि १ कात्र्तिक २०७७ गतेसम्म पाँच दिनका लागि लागू हुनेछ ।

बैंकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १५ विस्तारित काउन्टरर ८१ वटा ए.टि.एम. संचालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।  

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation