महालक्ष्मी विकास बैंकका ऋणीहरुलाई व्याजमा १० प्रतिशत छुट

 अर्थबुलेटिन संवाददाता   २७ असोज, २०७७



काठमाडौं । महालक्ष्मी विकास बैंकले हाल विश्वमा महामारीकोरुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारणले उत्पन्न असहज परिस्थितिमा बैंकबाट कर्जा सुविधा लिएका ग्राहकहरुलाई राहत पु¥याउने उद्देश्यले  ऋणीहरुले असोज मसान्त भित्र तिनुपर्ने व्याज भुक्तानी गरेमा भुक्तानी भएको व्याज रकममा १० प्रतिशत छुट प्रदान गर्ने निर्णय गरेको छ । बैंकले व्याज रकममा १० प्रतिशत छुट असोज मसान्तभर प्रदान गर्ने छ ।

ग्राहकहरुले यस विषम परिस्थितिमा पनि कर्जाको किस्ता/ब्याज भुक्तानी गरेर देखाएको इमान्दारीताको कदर गर्दै बैंकले केही कर्जाहरुमा व्याजदर समेत घटाएको छ ।

आउदै गरेको नेपालीहरुको महानपर्व विजयादशमी, तिहार तथा छठको उपलक्ष्यमा आफ्ना सम्पूर्ण ग्राहकहरुलाई बैंक हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ । देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखातथा ३४ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको बैंकमा ग्राहक संख्या करिब पाँच लाख भन्दा बढी रहेको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation