आज पनि नेप्सेको यात्रा ओरालो लयमा

 अर्थबुलेटिन संवाददाता   २८ असोज, २०७७



काठमाडौं । आज  पनि नेप्से सात दशमलव ४२ अंकले घटेर १५ सय ६१ दशमलव १७ अंकमा पुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि आज एक दशमलव ६६ अंकले घटेर तीन सय नौ दशमलव ७५ अंकमा पुगेको छ ।

एक सय ९५ कम्पनीहरुको २४ हजार आठ सय ९९ पटकको कारोवारमा ५२ लाख ९१ हजार तीन सय १४ कित्ता सेयर खरिद बिक्री हुँदा कारोवार रकम एक अर्ब ४९ करोड ६३ लाख ८७ हजार नौ सय ९२ रुपैयाँ पुुगेको छ ।

१२ वटा समुहको कारोवार हुँदा आज होटल बाहेक सबै समुहको सुचक घटेको छ । सो मध्ये वाणिज्य बैंक समुहको सुचक तीन दशमलव ५९ अंकले घटेर १२ सय ४७ दशमलव १२ अंंकमा पुग्दा जलबिद्युुत समुहको सुचक पनि १६ अंकले घटेर १३ सय २३ दशमलव ९७ अंकमा पुगेको छ ।

विकास बैंक, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन् ।

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा जनरल इन्स्योरेन्स कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा भने पहिलो स्थानमा घलेम्दी हाईड्रो पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा सानिमा बैंक परेको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation