इन्भेष्टमेन्ट बैंकको बिशेष साधारण सभा सम्पन्न, सिटी एक्सप्रेस फाइनान्स प्राप्ती गर्ने

 अर्थबुलेटिन संवाददाता   २८ असोज, २०७७



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको बिशेष साधारण सभा सम्पन्न भएको छ । बैंकको आज बुुधबार सम्पन्न भएको बिशेष सभाले “ग” वर्गको फाइनान्स कम्पनी सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति गर्ने गर्ने प्रस्ताव पारित गरेको छ ।

बैंकले दरबारमार्गस्थित केन्द्रीय कार्यालय परिसरमा विशेष साधारण सभा सम्पन्न गरेको हो । विश्वव्यापी महामारीकोरुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउन नेपाल सरकारबाट सामाजिक दूरी कायम गर्ने निर्देशनको समेत पालना गर्दै बैंकले  भर्चुअल माध्यमबाट सभा सम्पन्न गरेको हो ।

सभाबाट सिटी एक्सप्रेस फाइनान्स कम्पनीलाई १००ः३० अर्थात् सिटी एक्सप्रेस फाइनान्स कम्पनीको १०० कित्ता शेयर बापत नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको ३० कित्ता शेयर दिने शेयर स्वाप अनुपातमा सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडलाई बैंकमा गाभ्ने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको बैंकले जानकारी दिएको छ । 

४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको सिटी एक्सप्रेसलाई गाभ्ने प्रक्रिया सम्पन्न भएपछि नेपाल इन्भेष्टमेण्ट बैंकको चुक्ता पूँजी १४ अर्ब ३७ करोड रुपैयाँ हुुने छ । यस अन्र्तगत प्रवद्र्धकहरुको शेयर स्वामित्व ६८.४८ प्रतिशत हुनेछ भने सर्वसाधारणहरु शेयर स्वामित्व ३१.५२ प्रतिशत हुनेछ ।

नेपाल इन्भेष्टमेण्ट बैंकले ८३ वटा शाखा, १२५ वटा एटीएमहरू, १७ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ्ग काउन्टरहरूबाट आफ्ना ग्राहकहरूलाई सेवा पु¥याइरहेको छ । पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाईसकेको यस बैंक अन्तर्राष्ट्रिय प्रकाशन– युरोनोमीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०१८’ युरोनोमी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ । यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation