२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं । साताको अन्तिम कारोवार दिन आज बिहिबार सामान्य अंकले बढेको छ । नेप्से आज एक दशमलव २९ अंकले बढेर १५ सय ६२ दशमलव ४६ अंकमा पुगेको छ ।
सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ३३ अंकले बढेर तीन सय १० दशमलव आठ अंकमा पुगेको छ । नेप्सेमा आज एक सय ९६ कम्पनीहरुको २३ हजार ८९ पटकको कारोवारमा ४९ लाख ९४ हजार तीन सय ६७ कित्ता सेयर खरिद बिक्री हुुँदा कारोवार रकम एक अर्ब ४२ करोड ५८ लाख ९० हजार सात सय ३८ रुपैयाँ पुगेको छ ।
आज १२ वटा समुहको कारोवार हुँदा पाँच वटा समुहको सुचक बढेर बाँकी समुहको सुचक घटेकाछन । सो मध्ये वाणिज्य बैंक समुहको सुचक एक दशमलव नौ अंकले बढेर १२ सय ४९ दसमलव दुुई अंकमा पुुग्दा जलबिद्युुत, ट्रेडिङ, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन् ।
विकास बैंक समुहको सुचक भने आज ११ दशमलव एक अंकले घटेर दुुई हजार ५६ दसमलव ५७ अंकमा पुुगेकोमा निर्जिवन बीमा, लघुुबित्त, जीवन बीमा, होटल, फाईनान्स र उत्पादनमुुलक समुहको सुचक भने घटेकाछन् ।
आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा नेपाल फाईनान्स परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा गुराँस लघुुबित्त बित्तीय संस्था पहिलो स्थानमा परेको छ । रकम कारोवारका आधारमा भने आज नेपाल पुर्नबीमा कम्पनी पहिलो स्थानमा परेको छ ।