

८ बैशाख, २०८२ | 21 Apr, 2025
काठमाडौं । एनएमबि बैंक लिमिटेडले २५ मेघावाटको सेती नदी जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ । गण्डकी प्रदेशको कास्की जिल्लामा रहेको माछापुच्छ्रे गाउँपालिकामा निर्माण भईरहेको जलविद्युत परियोजना भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडद्वारा निर्माण गर्दे गरेको बैंकले जानकारी दिएको छ ।
यो परियोजनामा एनएमबी बैंक अगुवा बैंक रहेको छ भने सह—वित्तीयकरणमा सहभागी अन्य बैंक तथा वित्तीय संस्थाहरुमा कर्मचारी सञ्चय कोष र कृषि विकास बैंक लिमिटेड रहेकाछन् ।
२५ मेघावाट क्षमता भएको सेती नदी जलविद्युत आयोजनाको कुल लागत पाँच अर्ब रुपैयाँ रहेको छ । जसमध्ये बैकहरुको लगानी कुल तीन अर्ब ५० करोड रुपैयाँको हुनेछ । यो आयोजना समेत एनएमवि बैंकले कुल ४३ वटा जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ ।