२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं । नेप्से आज आईतबार पाँच दशमलव ६६ अंकले घटेर १५ सय ५६ दशमलव ८० अंकमा पुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ८१ अंकले घटेर तीन सय आठ दशमलव २७ अंकमा पुगेको छ ।
एक सय ८७ कम्पनीहरुको १६ हजार आठ सय ४६ पटकको कारोवारमा ४३ लाख ५२ हजार १० कित्ता सेयर खरिद बिक्री हुँदा कारोवार रकम एक अर्ब २५ करोड २७ लाख ४८ हजार एक सय ८१ रुपैयाँ पुुगेको छ ।
१२ वटा समुहको कारोवार हुँदा दुुई वटा समुहको सुचक बढेर बाँकी समुहको सुचक घटेकाछन । सो मध्ये वाणिज्य बैक समुहको सुचक छ दशमलव दुुई अंकले घटेर १२ सय ४३ अंकमा झरेकोमा जलबिद्युुत समुहको सुचक पनि पाँच दशमलव छ अंकले घटेर १३ सय २६ दशमलव एक अंकमा झरेको छ ।
विकास बैंक, लघुुबित्त, जीवन बीमा, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन् । ट्रेडिङ र निर्जिवन बीमा समुहको सुचक भने बढेकाछन् ।
आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा जनरल इन्स्योरेन्स कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा रैराङ हाईड्रो पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा भने पहिलो स्थानमा हिमालयन बैकको संस्थापक सेयर परेको छ ।