सिजिका उत्पादनको खरिदमा एनएमबिका ग्राहकलाई महाअफर

 अर्थबुलेटिन संवाददाता   २ कार्तिक, २०७७



काठमाडौं । एनएमबि बैंक र सिजिविच एनएमबि बैंकका ग्राहकहरुले सिजिको कुनै पनि उत्पादन एनएमबि बैंकको कार्डबाट खरिद गर्दा मेगाडिल अन्तर्गत एनएमबि दशैं नगद फिर्ता अफर प्रदान गर्ने विषयमा द्विपक्षिय समझदारी भएको छ ।

यसपालीको दशैं किनमेलमा सजिलो होस भन्ने उद्देश्यसाथ सिजिले यो अभियान सुरु गरेको हो । एनएमबि बैंक भिसा डेबिट र क्रेडिट कार्डको साथ दशैं महा अफर अन्तर्गत ग्राहकले सीजीका उत्पादनहरूको प्रत्येक खरीदमा ४० प्रतिसतसम्म बचत गर्न सक्नेछन् ।

बैंकले १८६ शाखाहरु, ६ विस्तारित काउन्टरहरु र १३५ एटीएमहरुको मजबुत सञ्जाल मार्फत ग्राहकहरुलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation