

८ बैशाख, २०८२ | 21 Apr, 2025
काठमाडौं । एनएमबि बैंक र आईएमएसविच एनएमबि बैंकका ग्राहकहरुले स्यामसङ्गको मोबाईल एनएमबि बैंकको कार्ड प्रयोग गरी खरिद गर्दा मेगाडिल अन्तरगत विशेष छुट र दशैं नगद फिता{ अफर प्रदान गने{ विषयमा द्विपक्षिय समझदारी भएको छ ।
समझदारीपत्रमा एनएमबि बैंकका तफ{बाट प्रमुख–रिटेल बैंकिङ्ग रोशन रेग्मी र आईएमएसका तर्फबाट प्रबन्धक– सेल्स र अपरेशन नारायण भुषालले हस्ताक्षर गरेकाछन । यसपालीको दशैंमा नयाँ मोबाईल खरिद गर्ने चाहना साकार होस भन्ने उद्देश्यसाथ आईएमएसले यो अभियान सुरु गरिएको बैंकले जानकारी दिएको छ ।
एनएमबि बैंक भिसा डेबिट र क्रेडिट कार्डको साथ दशैं महा अफर अन्तरगत ग्राहकले स्यामसङ्ग मोबाईलको प्रत्येक खरीदमा १० प्रतिशत छुट वा एक हजार रुपैयाँसम्म नगद फिता{ पाउन सक्नेछन् । बैंकले १८६ शाखाहरु, ६ विस्तारित काउन्टरहरु र १३५ एटीएमहरुको मजबुत सञ्जाल माफ{त ग्राहकहरुलाई उच्चस्तरीय सेवा प्रदान गदै{ आएको छ ।