२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं । आज नेप्से बढेको छ । नेप्से आज १३ दशमलव ५८ अंकले बढेर १५ सय ७० दशमलव ३८ अंकमा पुुग्दा सेन्सिटिभ पनि दुुई दशमलव ६२ अंकले बढेर तीन सय १० दशमलव ८९ अंकमा पुगेको छ ।
एक सय ८९ कम्पनीहरुको १५ हजार चार सय ७८ पटकको कारोवारमा ३३ लाख ५३ हजार दुई सय एक कित्ता सेयर खरिद बिक्री हुँदा कारोवार रकम ९७ करोड ९० लाख ९४ हजार चार सय तीन रुपैयाँ पुुगेको छ ।
१२ वटा समुहको कारोवार हुँदा ट्रेडिङ समुहको सुचक घटेर बाँकी समुहको सुचक बढेकाछन् । सो मध्ये वाणिज्य बैंक समुहको सुचक सात दशमलव ६७ अंकले बढेर १२ सय ५० दशमलव ६७ अंकमा पुुग्दा जलबिद्युुत समुहको सुचक पनि ४३ दशमलव ८६ अंकले बढेर १३ सय ६९ दशमलव ८७ अंकमा पुुगेको छ ।
यसैगरी विकास बैंक, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा जनरल इन्स्योरेन्स कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा गणपती माईक्रो फाईनान्स लघुबित्त संस्था परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने अपी पावर लिमिटेड पहिलो स्थानमा परेको छ ।