२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं । दशैं नजिकिंदै गर्दे नेप्सेमा पुरै हरियाली छाएको छ । आज मंगलबार नेप्से १२ दशमलव ४७ अंकले बढेर १५ सय ८२ दशमलव ८४ अंकमा पुुग्दा सेन्सिटिभ इन्डेक्स पनि दुुई दशमलव चार अंकले बढेर तीन सय १३ दशमलव २९ अंकमा चढेको छ ।
एक सय ९३ कम्पनीहरुको १८ हजार चार सय २६ पटकको कारोवारमा ४९ लाख १३ हजार चार सय ९७ कित्ता सेयर खरिद बिक्री हुँदा कारोवार रकम एक अर्ब २४ करोड १२ लाख ४२ हजार सात सय सात रुपैयाँ पुुगेको छ ।
नेप्सेमा आज १२ वटा समुहको कारोवार हुँदा १२ वटै समुहको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । सो मध्ये वाणिज्य बैंक समुहको सुचक सात दशमलव ३५ अंकले बढेर १२ सय ५८ दशमलव दुुई अंकमा पुुग्दा जलबिद्युुत समुहको सुचक पनि २६ दशमलव ७९ अंकले बढेर १३ सय ९६ दशमलव ६७ अंकमा पुगेको छ ।
विकास बैंक, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन् ।
आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा जनरल इन्स्योरेन्स कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा नेपाल फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने अरुण कावेली पावर लिमिटेड पहिलो स्थानमा परेको छ ।