गण्डकी प्रदेशमा कोरोना संक्रमितको उपचार निःशुल्क

 अर्थबुलेटिन संवाददाता   ४ कार्तिक, २०७७




पोखरा । गण्डकी प्रदेश सरकारले  कोरोना संक्रमितको उपचार निःशुल्क भइरहेको जानकारी गराएको छ । मंगलबार मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङका प्रेस संयोजक विक्रम न्यौपानेले  प्रदेशभरी कोरोना संक्रमित बिरामीको उपचार निःशुल्क भइरहेको प्रष्ट पारेका हुन् ।

गण्डकी सरकार नागरिकको दायित्वबाट पछि नहटेको जनाएको छ ।

हाल गण्डकीका ३८ स्थानका आइसोलेसनमा उपचार भइरहेको जनाइएको छ । गुरुङका प्रेस संयोजक न्यौपानेका अनुसार कोरोनाको पीसीआर परीक्षण र उपचार खर्च गण्डकी सरकारले नै व्यहोर्दै आएको र यो सेवा निरन्तर हुने जनाएका छन् ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation