२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं । आज बुुधबार नेप्से झण्डै १४ अंकले बढेको छ । नेप्से आज १३ दशमलव ९४ अंकले बढेर १५ सय ९७ दशमलव ७१ अंकमा पुुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव एक अंकले बढेर तीन सय १६ दशमलव ६५ अंकमा पुगेको छ ।
एक सय ९२ वटा कम्पनीहरुको २२ हजार चार सय ८२ पटकको कारोवारमा ५५ लाख नौ हजार चार सय ४८ कित्ता सेयर खरिद बिक्री हुँदा कुुल कारोवार रकम एक अर्ब ६३ करोड ३२ लाख ४६ हजार एक सय ४८ रुपैयाँ पुुगेको छ ।
१२ वटा समुहको कारोवार भएकोमा चार वटा समुहको सुचक घटेर आठ वटा समुहको सुचक बढेकाछन् । जसमध्ये वाणिज्य बैंक समुहको सुचक २१ दशमलव ५५ अंकले बढेर १२ सय ७९ दशमलव ९५ अंकमा पुुग्दा निर्जिवन बीमा समुहको सुचक पनि ६४ दशमलव २८ अंकले बढेर सात हजार नौ सय ५५ दशमलव ३२ अंकमा पुगेको छ ।
विकास बैंक, जीवन बीमा, ट्रेडिङ, अन्य, लघुुबित्त र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन् । होटल, जलबिद्युुत, फाईनान्स र उत्पादनमुुलक समुहको सुचक भने घटेकाछन् ।
आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा जनरल इन्स्योरेन्स कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा नेपाल फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा भने पहिलो स्थानमा एनआईसी एशिया बैंक परेको छ ।