काठमाडौंको शान्तिनगर र टोखामा ग्लोबल आइएमई बैंकको नयाँ शाखा र एक्सटेन्सन काउण्टर सञ्चालनमा

 अर्थबुलेटिन संवाददाता   ६ कार्तिक, २०७७



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बुधबार काठमाडौंको शान्तिनगर र टोखामा नयाँ शाखा सञ्चानमा ल्याएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज ब्रजाचार्यले नयाँ शाखाहरुको भर्चुअल्ली  उद्घाटन गरेका हुुन ।

यसका साथै बैंकले भक्तपुरको गाम्चा र चितवनको सप्तगण्डकी कलेज परिसरमा नयाँ एक्सटेन्सन काउण्टर पनि सञ्चालनमा ल्याएको छ । नयाँ शाखा तथा एक्सटेन्सन काउण्टरहरु सञ्चालन आएसँगै बैंकको शाखाहरुको संख्या २६१ र एक्सटेन्सन काउण्टरको संख्या ४५ पुगेको छ ।

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७१ वटा जिल्लामा फैलिएको २६१ शाखा सञ्जाल सहित २३७ एटिएम, ४५ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २२९ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत आफ्ना २० लाख भन्दा बढि ग्राहकहरुमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation