सिद्धार्थ बैंकको दशैं धमाका योजना सार्वजनिक

 अर्थबुलेटिन संवाददाता   ६ कार्तिक, २०७७



काठमाडौं ।सिद्धार्थ  बैंक लिमिटेडले चाडपर्वको अवसर पारी ग्राहकहरुलाई लक्षित गर्दै डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ एफवान सफ्ट सँग सहकार्य गरी बैंकको मोबाइल बैंकिङ्गएप, सिद्घार्थ बैंक स्र्माट मार्फत विभिन्न क्यास ब्याक योजना ल्याएको छ । यो योजना अन्तर्गत ग्राहकहरुले बैंक स्मार्ट मार्फत कारोबार गर्दा सिद्घार्थ बैंकस्मार्ट एप क्रियाशील गर्दा मोबाइल टप अप अन्र्तगत कार्तिक ६ देखि मंसिर ५ गते सम्मप्हिलो पटक बैंक स्मार्ट एप क्रियाशील गर्दा ५० रुपैयाँको कोमोबाइल टप अप प्राप्त गर्नेछन ।

यसैगरी डिजिटल दक्षिणा अन्र्तगत कार्तिक १० देखि कार्तिक १४ गते सम्म कारोबारको विवरणमा दक्षिणा लेखि तीन पटक रकम (न्यूनतम एक सय रुपैयाँ) ट्रान्सफर गर्दा तीन सय रुपैयाँ क्यास ब्याक प्राप्त गर्न सक्नेछन ।

पहिलो र थप तीन कारोबारमा क्यास ब्याक अन्र्तगत कार्तिक ६ देखि मंसिर ५ गतेसम्म कारोबारको विवरणमा माई फष्र्ट लेखि पहिलो पटक कारोबार गर्दा वा रकम ट्रान्सफर गर्दा  २० प्रतिशत अर्थात अधिकतम एक सय रुपैयाँ क्यास व्याक हुुने छ । थप तीन कारोबार गर्दा तीन  सय रुपैयाँ क्यास ब्याक हुुने छ । यो क्यास ब्याक पाउन पाँच सय रुपैयाँ वा सो भन्दा बढि रकमको कारोबार गर्नु पर्नेछ ।

यसै गरीे कार्तिक ६ देखि मंसिर ५ गतेसम्म कम्तीमा दश वा सो भन्दा बढि कारोबार गर्दा एफवानसफ्टले आफ्नो छनोट प्रक्रियाबाट पाँच जना ग्राहकहरुलाई मोबाईल फोन उपहार प्रदान गर्नेछ ।

यस योजनाले नगद भुक्तानी कारोबारबाट डिजिटल भुक्तानी कारोबारतर्फ आकर्षित गर्ने र अनलाइन कारोबारलाई अभैm प्रेरित गर्नेे विश्वास बैंकले लिएको छ । आफ्ना ग्राहकहरूको सुविधा तथा सहजतालाई मध्यनजर गर्दै बैंकले विभिन्न छुट तथा क्यास ब्याक योजना दिदैं आएको र आगामी दिनहरुमा पनि यस्ता योजनाहरु निरन्तर लागु गर्दैजाने बैंकको योजना रहेको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation