सिद्धार्थ बैंकद्वारा ‘व्यवसायीक कृषि तथा पशुपालन कर्जा’ योजना संचालनमा

 अर्थबुलेटिन संवाददाता   २१ कार्तिक, २०७७



काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले कृषि तथा पशुपालन व्यवसाय प्रबर्दन तथा विकासमा टेवा पु¥याउने उद्देश्यका १० करोड रुपैयाँसम्मको कर्जा सुविधा सहजरूपमा प्रदान गर्न “व्यवसायीक कृषि तथा पशुपालन कर्जा” योजना सञ्चालनमा ल्याएकोे छ ।

कृषि तथा पशुपन्छीजन्य क्षेत्रको व्यवसाय प्रवर्धन गरी देशमा उत्पादन एवं रोजगारी अविवृद्धि गर्ने उद्देश्यका साथ बैंकले यो कर्जा सुविधा ल्याएको हो । कृषि क्षेत्रको विकासमा मध्यनजर गर्र्दै बैंकले प्रवाह गर्ने यस कर्जासुविधाले ग्राहकहरुलाई कृषि तथा पशुपालन व्यवसायमा संलग्न हुन अझ बढि हौसला पुग्ने र कृषि क्षेत्र बिस्तारै आधुनिकीकरण एवं व्यवसायीकरणतर्फ उन्मुख हुने विश्वास बैंकको रहेको छ ।

यो सहुलियतपूर्ण कर्जामा बैंकले आफ्नो आधार दरमाअधिकतम २ प्रतिशत प्रिमियम थप गरी ५ प्रतिशत ब्याज अनुदान उपलब्ध गराउने व्यवस्था रहेको छ । यसकर्जा योजनाका प्रमुख विशेषताहरूमा १० करोड रुपैयाँसम्मको कर्जा सुबिधा, प्रशासनिक एवं नवीकरण शुल्क नलाग्न र १५ वर्ष सम्मको कर्जा अवधि ९ब्याज अनुदान पाँच वर्ष सम्म प्राप्त हुने) लगायतका रहेकाछन ।

यो कर्जा सिद्धार्थ बैंक र यूकेएड सक्षम एक्सेस टु फाईनान्स प्रोग्राम बीचको सहकार्यमा ग्राहक समक्ष ल्याईएको देशको कृषि तथा पशुपन्छीजन्य क्षेत्रका उद्यमहरुको वित्तीय पहुँचमा वृद्धि गर्न सञ्चालन गरिएको हो ।

यो कर्जाका लागि आवेदन दिन तथा थप जानकारीका लागि आफ्नो नजिकैको शाखा वा बैंकको ग्राहक सेवा केन्द्र, ०१(५९७००२० मा सम्पर्क गर्न बैंक सबै ग्राहकहरुलाई अनुरोध गरेको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation