२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं । साताको पहिलो कारोवार दिन आईतबार नै नेप्से उच्च अंकले बढेको छ । नेप्से आज १२ दशमलव ४९ अंकले बढेर १६ सय ४८ दशमलव ५८ अंकमा पुगेको छ भने सेन्सिटिभ एक दशमलव ५७ अंकले बढेर तीन सय २५ दशमलव ९४ अंकमा पुगेको छ ।
आज एक सय ९८ वटा कम्पनीहरुको ४१ हजार सात सय ६७ पटकको कारोवारमा एक करोड आठ लाख ६३ हजार चार सय ५६ कित्ता सेयर खरिद बिक्री हुँदा कारोवार रकम तीन अर्ब ५२ करोड ६७ लाख ७७ हजार दुई सय ६१ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा वाणिज्य बैंक र विकास बैंक समुहको सुचक घटेर बाँकी समुहको सुचक बढेकाछन् । ति मध्ये जलबिद्युुत समुहको सुचक ३० दशमलव ५९ अंकले बढेर १४ सय ६३ दशमलव दुुई अंकमा पुगेकोमा लघुबित्त, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल, फाईनान्स, उत्पादनमुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन् ।
आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा हिमालयन डिष्ट्रिलरी प्राली परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा नेपाल फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा भने पहिलो स्थानमा नेपाल पुर्नबीमा कम्पनी परेको छ ।